२०७७, २९ असार सोमबार ०७:४३

उद्धारका लागि ४२ उडान थपियो


प्रकाशित मिति : २०७७, २९ असार सोमबार ०७:४३

कोभिड–१९ का कारण विदेशमा रहेका नेपाली नागरिको उद्धारको समय सीमा सरकारले थप गरेको छ ।

सरकारले तोकेको समयमा नेपाल आउने नागरिकलाई स्वादेश फिर्ता गराउनेकाम पुरा नभएका र नेपाल आउन चाहने नागरिकले सूची दर्ता गरेकाले गर्दा उद्धार उडानको समय सूची थप गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरगाईंले बताए ।

उनले भने, “सरकारले तेस्रो पटक समय थप गरेको छ, थपिएको समय असार ३१ देखि साउन ६ गते सम्म हो ।”
परराष्ट्र र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा उडान तालिका थप गरिएको र थपिएको उडान प्रायः खाडी राष्ट्रमा केन्द्रित रहेको सचिव गुरागाईंको भनाइ छ ।
दैनिक ६ उडान गर्ने योजनाअनुसार ४२ उडान गर्ने योजना रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेले बताए । काराेबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस