विमान दुर्घटनामा ७१ जनाको मृत्यु, अनुसन्धान गर्न राष्ट्रपतिको आदेश

मस्को, २९ माघ । रुसको मस्कोस्थित दमदयड्भ विमानस्थलबाट उडेको एउटा यात्रुबहाक विमान दुर्घटनामा परी ७१ जनाको मृत्यु भएको छ । सारातोफ एयरलाइन्सको विमान उडान भरेको केही मिनेटमा नै राडारसँग सम्पर्कविहीन भएको थियो सम्बन्ध विच्छेदपछि मस्कोबाट ८० किलोमिटर टाढा दक्षिण–पूर्वस्थित अरगुनोभो गाउँनजिकै सो विमान दुर्घटना भएको थियो दुर्घटनामा परी विमानमा रहेका ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य सहित सबै ७१ जनाको मृत्यु भएको हो । एन्टोनफ एन–१४८ विमान कजाकिस्तानको सीमा क्षेत्र नजिक युराल्सको ओरस्क भन्ने स्थानतर्फ गइरहेको थियो दुर्घटनास्थलमा तस्बिरमा हिउँ भएको स्थानमा विमानको भग्नावशेष देखिएको छ । सो स्थानमा मृतकका शब फेला परेको बताइएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै दुर्घटनाको कारणको छानविन गर्नं आदेश दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?