विश्वकै एउटा देश, जहाँ अहिलेसम्म कोरोनाको संक्रमण पाइएको छैन !

काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वमा नै फैलिसकेको छ । अहिलेसम्म कोरोना भाइरस विश्वका २०९ देशमा फैलिसकेको छ । तर तुर्केमिनिस्तानमा भने अहिलेसम्म कोरोना भाइरसका कोहि पनि संक्रमित पाइएका छैनन् ।

तुर्केमिनिस्तान अहिले सम्म संसारकै त्यस्तो देशमा पर्दछ, जुन देशमा अहिलेसम्म पनि कोरोनाका कोहि संक्रमित भेटाइएको छैन ।

कोरोना संक्रमणले ग्रस्त विश्व लकडाउनमा रहेका बेला तुर्केमिनिस्तानले भने स्वास्थ्य दिवसका दिन साइकिल  र्‍यलीको आयोजना गरेको हो ।

तुर्केमिनिस्तानले कोरोना थाहा पाएलगत्तै आफ्ना सबै बोर्डर बन्द गरेको थियो । तुर्केमिनिस्तानमा स्वास्थ्य उपचार भने एकदमै राम्रो रहेको छ ।

अस्पतालका सुविधाहरु पनि एकदमै राम्रा छन् । तुर्केमिनिस्तानमा असिहलेसम्म कोहि संक्रमण देखा नपरेको त्यहाँको सरकारले बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?