जेब्राक्रसमै लियो ट्रिपरले ज्यान, स्थानीयद्वारा राजमार्ग बन्द

बुटवल, ११ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा ट्रिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ट्रिपरले जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक महिलालाई ठक्कर दिएपछि विहीबार बिहान ज्यान गएको थियो । मृत्यु हुने महिलाको पहिचान भने खुल्न सकेको छैन प्रहरीका अनुसार, जेब्राक्रसबाट रोड क्रस गर्दै गरेकी पैदल यात्रीलाई लु १ ख ९८३८ नं.को ट्रिपरले ठक्कर दिएको थियो जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि यतिबेला जानकीनगर तनावग्रस्त बनेको छ । स्थानीयले ठक्कर दिने ट्रिपर जलाइदिएका छन् भने अन्य ३ वटा ट्रिपरमा तोडफोड गरेका छन् स्थानीयको प्रदर्शनपछि अहिले राजमार्ग बन्द भएको छ प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गराइएपनि तनाव नियन्त्रणमा आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?