शहीद सप्ताहको अवसरमा १ सय ९० शहीदको सूची सार्वजनिक

काठमाडौं, ११ माघ । शहीद सप्ताहको अवसर पारेर गृह मन्त्रालयले मंगलबार १ सय ९० जना शहीदको सूची सार्जजनिक गरेको छ मंगलबार गृह मन्त्रालयले सार्वजनिक गरेको सूची राणा शासन अन्त्यका लागि ज्यानको आहूती दिएका ४ शहीद शक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर र गंगालाल श्रेष्ठ बाहेकको हो प्रजातन्त्रको माग राख्दै विसं १९९७ सालमा ज्यानको आहूती दिने ४ शहीदको सम्झनमा हरेक वर्ष माघ १० गते देखि १६ गतेसम्म शहीद सप्ताह मनाइदै आएको छ यही माघ ३ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार गृह मन्त्रालयले विभिन्न राजनीतिक आन्दोलनका क्रममा ज्यान गुमाएर शहीद घोषणा गरिएका व्यक्तिको सूची सार्वजनिक गरिएको जनाएको छ गृह मन्त्रालयको विवरण अनुसार शहीदको सूचीमा परेकामा राणा शासन र पञ्चायती व्यवस्था तथा २०४६, २०६२-०६३, मधेस आन्दोलन लगायतमा सरकार र अन्य पक्षबाट मारिएका व्यक्ति समेटिएका छन् शहीद घोषणा गरिएका सबैका परिवारलाई पछिल्लो १० वर्षयता १० लाख रुपैयाँ आर्थिक सहायता समेत वितरण गरिएको छ । शहीद घोषित गरिएका मृतकका परिवारलाई यो अवधिमा १९ करोड रुपैयाँ राहत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?