विशाल फाउण्डेशनको पहलमा युवा उद्यमी प्रवर्द्धन कार्यक्रम सञ्चालन

काठमाडौं । युवाहरुलाई उद्यम व्यवसायतर्फ आकर्षित गर्न विशाल फाउण्डेशनले कलेजहरुमा युवा उद्यमी प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ । पहिलो चरणमा मङ्सीर देखि माघ मसान्तसम्ममा राजधानी र ७ वटै प्रदेशका मुख्य शहरमा रहेका करिव २० वटा ब्यवस्थापन पढाई हुने कलेजमा यस्तो कार्यक्रम सञ्चालन गरीएको हो ।

बिद्यार्थीमा अध्ययन पुरा गरेपछि जागिर खोज्ने भन्दा आफैले नयाँ उद्यम सुरुवात गर्ने प्रेरणा मिलोस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले जानकारी दिए । एक दिने कार्यक्रमको एउटा सेसनमा १०० जना बिद्यार्थीलाई राखेर स्वदेश तथा विदेशमा उद्यमशीलता विकास, नयाँ अवशरहरु, इनोभेसन र टेक्नोलोजी, नेपालमा नयाँ स्टाट अफ कम्पनीलाई सरकारले दिने अनुदान, बैंकहरुको लगानी, कम्पनी दर्ता र यसका चुनौति, बजार विस्तार लगायतका १२ बिषयमा केन्द्रीत रहेर कार्यक्रम सञ्चालन गरिएको छ ।

यस्तो कार्यक्रमले नेपालको पछिल्लो उद्यमशीलताबारे अवडेट मिलेको र नयाँ चुनौति बहन गर्न मानसिक रुपमा आफुहरु तयार भएको प्रतिक्रिया बिद्यार्थीहरुले दिएका छन् । उद्यम गर्न प्रोत्साहन मात्र नभएर स्पष्ट बाटो देखाउने कुरा पनि महत्वपुर्ण रहेको भन्दै यस्ता कार्यक्रमले चुनौति र अवसरबारे अझ प्रष्ट भएको उनीहरुको भनाई छ ।

बि.स २०७५ सालमा सामाजिक उद्यमको कन्सेप्टमा उद्यमीहरुको च्यारिटेवल शस्ंथाकारुपमा विशाल फाउण्डेनश स्थापना भएको थियो ।

युवाहरुलाई लक्षित गरी यस भन्दा अघि फाउण्डेशनले उद्यमशीलता बिज्ञ डा. प्रदिपमान तुलाचनद्धारा लिखित “युवा उद्यमशीलता ” पुस्तक प्रकाशन गरेको थियो । नेपाल अधिराज्यभर कार्यक्षेत्र रहेको यो संस्थाले शिक्षा, स्वास्थ्य, खेलकुद, सरसफाई, कला, संस्कृतिको प्रवद्र्धनलगायतका सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?