धनुषा बम विस्फोटमा इन्सपेक्टरसहित ३ को मृत्यु

धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इन्सपेक्टर अमिर दहाल, राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

गएराति १२ बजे राजेश्वरको घरको शौचालयनेर शंकास्पद बस्तु फेला परेको जानकारी आएपछि ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर दाहाल लगायत पुग्दा बम बिस्फोट भएको थियो ।

बिस्फोटमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली समेत गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको जनाइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?