थोरै शब्दमा धेरै कुरा अटेको “आँखामा जापान”

-अनिता आचार्य 

डा. रामप्रसाद दाहालको “आँखामा जापान” कृतिले सार्वजनिक भएपछि साताव्यापी नै चर्चा  पाइरह्यो । फलत मैले पनि कृति लिने अवसर पाएँ । हातमा पर्नासाथ टलक्क टल्किएको ओसाका क्यासल र स्वयं लेखकको फोटो कभर पेजमै आकर्षक रूपले सज्जिएको देखें । भित्री पृष्ठ पल्टाए । रङ्गिन तस्बिर नेपाल र जापानका विशिष्ट व्यक्तिहरूको अन्तरक्रिया, नेपाली झण्डाप्रदान लगायत जापानको कृषि क्षेत्रलाई सांस्कृतिक क्षेत्रलाई प्रतिनिधित्व गर्ने तस्बीहरू देखें । कभरको अन्तिम पेज पल्टाएँ – लेखकको कृति लेखकको सूची र सम्मान पुरस्कारको सूची देखें । अनि ३ वटा लेखकका बारेमा लेखिएका कृतिका नाम पनि देखें । अनि लेखकको प्रकाशित कृतिहरूको अन्तिम सूचीमा अर्थात् प्रकाशित कृतिको १७ नम्बरमा १७ वटै रचनाहरू राखि यो कृति तयार पारिएको रहेछ । सत्रौं कृति सत्रवटा लेख यो पनि संयोग हो वा लेखकको चाहना हो मैले बुझ्न सकिन । अन्तिम कभरको भित्री पेजमा अनि किमोनो लगाएका महिलाहरूदेखि बैंक, कलेज, समुद्र, छलफल र उपहार प्रदानसम्मका रङ्गिन तस्बीरहरू प्रतीककै रूपमा आए जस्तो लाग्यो । 

'आँखामा जापान' लेखक डा. रामप्रसाद दाहाल 

“नियात्रा लेखक स्वयम् सिद्धहस्त भइसकेको कारण यात्रा वर्णनलाई आकर्षक ढङ्गबाट प्रस्तुत गर्न सफल हुन भएको हामीले महसूस गरेका छौं हामीलाई विश्वास छ जापान बुझ्न चाहने पाठकहरूका लागि यो कृति साथी हुनेछ र पढेर लेखक सँगसँगै जापान घुम्न पनि सहज हुनेछ ।”

कृतिभित्र प्रवेश गरें – प्रकाशकीयमा लेखिएको छ – “नियात्रा लेखक स्वयम् सिद्धहस्त भइसकेको कारण यात्रा वर्णनलाई आकर्षक ढङ्गबाट प्रस्तुत गर्न सफल हुन भएको हामीले महसूस गरेका छौं

हामीलाई विश्वास छ जापान बुझ्न चाहने पाठकहरूका लागि यो कृति साथी हुनेछ र पढेर लेखक सँगसँगै जापान घुम्न पनि सहज हुनेछ ।” ( पृष्ठ ५) उल्लेखित भनाइले झन मलाइ छोयो – लेखकको मेरो भन्नु पढेंपछि पढिरहौं पटकपटक जस्तो लाग्यो आरम्भमा नै लेखिएको छ – आफूले देखेको, सुनेको, जानेको, वस्तु, घटना, प्रकृति आदि इत्यादिको वास्तविक दृश्यलाई रिठ्ठो नबिराई यथार्थ रूपमा सम्पूर्णता स्पष्ट हुने गरी आँखामा जापान लेख्न मन लाग्यो, देख्न मन लाग्यो । जे देखियो । जे भेटियो, जो भोगियो, थोरै दिनको यो यात्रामा त्यसैलाई विषयवस्तु बनाई आफू सँगसँगै पढ्ने पाठकलाई पनि हिँडाउन पाए हुन्थ्यो भन्ने लोभमा सृजना गरिएको जापानको यात्रा–प्रसत्रताकै लागि आएजस्तो लाग्यो ।

“नयाँ र नमेटिने क्षितिजका रूपमा कतिपय विषयहरू छन्, श्रेय र प्रिय कुराहरू देखिन्छन् । बाहिरी आँखोले जे देखें त्यही लेखें । भित्री आँखाले देख्नु भएको अनुभव हुने हो, बोध हुनु हो, ज्ञान हुनु हो त्यसैले यो छोटो यात्रामा गहिरो ज्ञान सम्भव थिएन…”

आफ्नो मनको चित्रपट खोलेर जापानको विविध भागमा रहेका मठमन्दिर, स्तुपा, बैठक, अन्तरक्रिया अवलोकन आदिलाई हेर्दा “जो स्वयम् फूल हो, त्यसलाई फूलकै उपहार के चढाउँ” जस्तो अनुभूति पनि लेखनीमा भइरह्यो । (पृष्ठ ६) यसरी आफ्नो भनाइमा उच्चता र स्पष्टता र बौद्धिक ज्ञानहरूको बिस्कुन देख्न थालें प्रत्येक भनाइ ओजस्वी छन् – के लेखौं कस्तो लेखौं भइरह्यो – पढ्दै गएँ त्यस्तै लेखकले भनेको – “नयाँ र नमेटिने क्षितिजका रूपमा कतिपय विषयहरू छन्, श्रेय र प्रिय कुराहरू देखिन्छन् । बाहिरी आँखोले जे देखें त्यही लेखें । भित्री आँखाले देख्नु भएको अनुभव हुने हो, बोध हुनु हो, ज्ञान हुनु हो त्यसैले यो छोटो यात्रामा गहिरो ज्ञान सम्भव थिएन…” (मेरो भन्नु पृष्ठ ७) भनेर लेखकले आफ्नो लेखकीय महानता देखिएपनि यो गहिरो ज्ञान र अनुभव र बोध भएको कृतिको रूपमा मैले पाएँ । 

 
“जीवन चाहे घाउ लागेर गम्भीर होस्, वा काँडा बिझेर दुःखी रहोस् वा कसै–कसैले दिएको पीडा वा धोका, भोलि भोलि भनेर ढाँटिरहने, पैसाका स्वार्थीहरूले लिन जान्ने दिन नजान्ने, राखेको फिर्ता नदिने, बोलिको ठेगान नभएर वेलगाम गरिएका अप्ठ्यारा व्यवहार नै किन नहोस् ती सबै वस्तुहरू साथमा रहँदारहँदै पनि ‘ओसाका क्यासल’ मा उभिएर कल्पना गरें ।

सर्वप्रथम कृतिको दोस्रो सधैं आँखामा बिझाइ रहने ओसाका क्यासल पढें – “जीवन चाहे घाउ लागेर गम्भीर होस्, वा काँडा बिझेर दुःखी रहोस् वा कसै–कसैले दिएको पीडा वा धोका, भोलि भोलि भनेर ढाँटिरहने, पैसाका स्वार्थीहरूले लिन जान्ने दिन नजान्ने, राखेको फिर्ता नदिने, बोलिको ठेगान नभएर वेलगाम गरिएका अप्ठ्यारा व्यवहार नै किन नहोस् ती सबै वस्तुहरू साथमा रहँदारहँदै पनि ‘ओसाका क्यासल’ मा उभिएर कल्पना गरें । आँसु निचोर्दा पनि सुनगाभा फूलेको देख्न सकिन्छ । आत्मविश्वासलाई बढाउँछ, उठ्न सिकाउँछ, बाँच्न सिकाउँछ, हाँस्न सिकाउँछ । धन्य छ ओसाका क्यासल तिमीलाई ।” (पृष्ठ २२ )

 

मिर्मिरे साँझ परेको छ, सम्झनाले मलाई अझै छोप्छ, आफ्नो देश र गाउँको पीर लाग्छ, तर पुग्ने ठाउँ भने अझै कतै नभेटिएको यो मनमा अनुभूति भइरहेको छ, अनि ओसाका क्यासल र नयाँ वर्षको स्वागतमा बालिएका बत्ती र कार्यक्रमलाई हेर्दा आँखामै कोरेर बसें – म उसको स्वागत रेखी ।

जे पढ्छु त्यसैले मन छुन्छ लेखकीय सटिक प्रश्न र उत्तरले कृतिलाई उचाइ थपेको अनुभूति गर्छु । कृतिभित्र शीर्षकहरू राखिएका छन् – ओशाका झरेको त्यो दिनदेखि जो बिर्सनै सकिन्नसम्मका सत्रवटै शीर्षक पूर्ण छन् जस्तो लाग्यो मलाई । फराकिलो सोच छ । लेखकको सकारात्मक पक्ष बढी देखिन्छ । ओसाका क्यासलको बारेमा वर्णन गर्दा लेखिएका यी पंक्तिहरू पनि मेरो मनमा गडिरहे –मिर्मिरे साँझ परेको छ, सम्झनाले मलाई अझै छोप्छ, आफ्नो देश र गाउँको पीर लाग्छ, तर पुग्ने ठाउँ भने अझै कतै नभेटिएको यो मनमा अनुभूति भइरहेको छ, अनि ओसाका क्यासल र नयाँ वर्षको स्वागतमा बालिएका बत्ती र कार्यक्रमलाई हेर्दा आँखामै कोरेर बसें – म उसको स्वागत रेखी । वास्तवमा कवि पराजुलीले त्यहि क्यासल र म पुगेको मेरो मन देखेर कविता लेखेको जस्तो लाग्यो – सम्झे उनको कविता – तिमी सागर हुँदै उठ्यो, म त बगर भइ  बसेँ । अनि आउनु भनेर बोलाउने अनि आफू हराउनेप्रति दुखेसो पोख्न पनि मन लाग्यो । ती हराउनेलाई सम्झना गर्दै – त्यो क्षण उनकै नाममा पराजुलीका कविता अर्पण गरेँ – आँखाभित्र बसेकी छ्यौ भेटेँ जहिलेदेखि, राखेको छु अन्तरमा तिम्रै चित्र लेखी । (पृष्ठ २५)

 

म त खाली रित्तोपन र रित्तो मस्तिष्कमा जापानलाई खोज्दै छु, ‘क्यासल’लाई विचरण गर्दैछु । अल्पिनेप्रति भन्दा हुनुहरूसँगै रमाउन जापानले सिकाएको सन्देश मैले त्यहाँ वरण गरिरहेको छु ।

प्रेम र प्रणयका प्रसङ्ग मेरो विषय होइन, म त्यो नजान्ने मान्छे, मेरो प्रष्टता अगाडि न प्रेम आउँछ, न प्रणय…… । म त खाली रित्तोपन र रित्तो मस्तिष्कमा जापानलाई खोज्दै छु, ‘क्यासल’लाई विचरण गर्दैछु । अल्पिनेप्रति भन्दा हुनुहरूसँगै रमाउन जापानले सिकाएको सन्देश मैले त्यहाँ वरण गरिरहेको छु । त्यो भव्य र विराट दरबारको छातीमा उभिएर ….. । (पृष्ठ २५) कृतिभित्र यस्ता थुप्रै उतार चढाव छन् । पढौं – पढौं लागिरहन्छन् – पुस्तक पाएपछि छाड्नै सकित्र ? शैलीको सुन्दरता सहजै देख्न सकिन्छ यस कृतिमा । ओशाका, क्योतो, नारा, तोक्यो, तोवा, कितानाचो, नागोयाको वास्तविकतालाई विशेष रूपमा प्रस्तुत गरिएको छ । 

जे होस्, “आँखामा जापान” नेपाली साहित्यको बगैंचामा फूलेको सुन्दर फूल हो । यो कृति निश्चय पनि कालजयी बत्रेछ । यसले जापानी संस्कृति, शिक्षा, साहित्य, भाषा, कृषि, बोलीचाली, रहनसहन, प्रकृति प्रेम, देशप्रेम र प्रेमका अनि विकास र विस्तार आयामिक पाटालाई चित्रण गरेको छ । कृतिको शीर्षक नै पूण भए जस्तो लाग्दछ । सत्य र सौन्दर्यलाई वर्णन गरे जस्तो लाग्दछ । त्यो क्षण बिर्सनै सकिन्न शीर्षक भित्र समावेश यी पंक्ति पनि उद्घृत गर्न मनलाग्यो मलाई – ‘समयले पर्खदैन जति हात जोडे पनि, उद्देश्यमा पुगिँदैन साथ तिम्ले छोड्यो भने’ भत्रे भावनालाई हामीलाई सताइरह्यो । अनेक सोच र परिकल्पनाले यो मनलाई निचोरिरह्यो । आशाको मदानी पनि लड्ला लड्लाजस्तै भयो ।

धेरै बिर्संदापनि नेपाली मित्रले नागोयामा भनेका यी सूक्तिहरू अझै यादगार बनिरहेछ – “पानीलाई जति नैपकाए पनि बाक्लो हुँदैन र मानिसलाई जति नै फकाए पनि आफ्नो हुँदैन ।” यस्तै उनी भन्दै थिए – ‘इम्प्रेशनमा गरिएको प्रेम डिप्रेशनमा गएर टुङ्गिन्छ ।’

चम्किलो वातावरण पनि कतै ओझेलमा पर्ला कि जस्तो  भइरह्यो । अँध्यारोले छोप्न खोजे जस्तो भयो । जीवनसँग हार्नु त हुँदैन नि त्यसले गन्तव्य त कसरी पूरा गर्ला र ? जीवन र गतिशील बनाउनै पर्छ । यो मनमा त्यो मन चढिसक्यो । यस्तै – “मलाई त्यो दिनको क्षणले अझै पनि झकझक्याइ रहेछ । लेखनी गर्दा आफूले टेकेको धर्ती र आफ्नो समाजप्रतिको उत्तरदायित्व निबिर्सी लेख्नु भने जस्तै प्रेरणा दिइरहेको छ । (पृष्ठ १२५) सरल र उच्च भावनाको कदर गराइरहेको छ । रचनात्मक र सकारात्मक चासो उब्जाइरहेछ । जीवनवादी, आसावादी विचारहरूलाई समान गर्न भनिरहेछ । उज्यालो संसार निर्माणको लागि क्रियाशील रहन प्रेरणा दिइरहेछ । मानवीय मूल्यलाई कलात्मक सौन्दर्यका साथ व्यक्त गर्न त्यो घटनाले प्रेरणा दिइरहेको छ ।” यस्तै अन्तिममा लेखिएका यी पंक्तिहरू पस्कन मन लाग्यो – यात्रा त सकियो नै तर त्यो चोटिलो क्षणालई कहाँ बिर्सना सकिन्छ र भन्दै घुम्तीहरू त छुटे तर म भने घुमी नै रहेँ । त्यो दिनको त्यो बिर्सिन नसकेको क्षणलाइृ सम्झेर ….. । धेरै बिर्संदापनि नेपाली मित्रले नागोयामा भनेका यी सूक्तिहरू अझै यादगार बनिरहेछ – “पानीलाई जति नैपकाए पनि बाक्लो हुँदैन र मानिसलाई जति नै फकाए पनि आफ्नो हुँदैन ।” यस्तै उनी भन्दै थिए – ‘इम्प्रेशनमा गरिएको प्रेम डिप्रेशनमा गएर टुङ्गिन्छ ।’ (पृष्ठ १२८ )

धन्य छ दाहाल सर ! हजुरलाई म के भनौं सशक्त कलमलाई पारेर छोटो अवधिमै तयार पारिएको यो कृति बेजोड छ । धेरै वर्षपछि यस्तो चोटिलो र स्वादिलो कृति पढ्न पाएको अनुभूति भएको छ । यसको सफलताले उचाइ चुम्न सकोस् पाठक वर्गलाई कृति पढ्न अनुरोध गर्दै नेपालीहरूलाई मात्र होइन, जापानीहरूलाई पनि यो कृति प्रेरणादायी बत्रेछ भन्ने विश्वास लागेको छ । विषयवस्तु जापानको छ । लेखकले विषयलाई कतिपय प्रसंगमा दर्शन पक्षका चिन्तनहरु समावेश गरेका छन् । पात्रहरु जापान र नेपालका टोलीहरु नै छन् । देशकाल वातावरण जापान र नेपालको प्रसंगलाई कता कता तादम्यता मिलाउन खोजीएको छ । उद्येश्य प्रष्ट छ  जापानको विकास र संक्षिप्त संस्कृति बारेमा केही सिके राम्रो भन्ने रहेको छ । सम्वाद पात्रको स्तरअनुसार देखिन्छ । विचार शैली प्रष्ट छ । आत्मपरक शैलीका चोटिला अभिवयक्तिहरु विभिन्न वस्तुपरक वर्णनमा पनि प्रवेश गरेको छ । सारमा कृति उत्कृष्ट छ । शीर्षक सार्थक लाग्यो । 

 

  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?