२४ माघ २०७९, मंगलवार

सुदूरपश्चिम महोत्सवमा १६ करोडको कारोवार

२०७४,पुष,११,मंगलवार १५:२२

0
Shares

धनगढी, ११ पुस – यहाँ आयोजित सुदूरपश्चिम महोत्सवमा बिक्री भएको प्रत्येक टिकटबाट केही रकम जिल्ला दैविप्रकोप उद्धार कोष र शिवपुरी धामको विकासका लागि छुट्टयाइएको छ महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका महासचिव रुपेस स्वाँरले बिक्री भएको प्रत्येक टिकटबाट एक रुपैँया जिल्ला दैविप्रकोप उद्धार कोषमा र एक रुपैँया शिवपुरी धामको विकासका लागि छुट्याउने निर्णय महासंघले गरेको जानकारी दिए ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ गत मंसिर २९ गतेदेखि शुरु भएको महोत्सव आज सम्पन्न भएको हो । प्रदेशसभा सदस्य डिल्लीराज पन्तले महोत्सवको समापन गर्दै विकासका मुद्दालाई प्राथमिकतामा राखेर आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे दुई सय ५० व्यापारिक स्टल राखिएको महोत्सवको १२ दिनको अवधिमा झण्डै रु १६ करोडको कारोवार भएको महासचिव स्वाँरले जानकारी दिए । सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योेग, व्यापार व्यवसायको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य सङ्घले यहाँ हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति: २०७४,पुष,११,मंगलवार १५:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया र मिडियाकर्मीप्रति दिएको अभिव्यक्तिप्रति नेपाल मिडिया सोसाइटीले ध्यानाकर्षण गराएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय टङ्कबहादुर

काठमाडौं । नेपाल प्रहरीले ७८ लाख ५० हजार रुपैयाँसहित सहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनका क्रममा दिएको अभिव्यक्तिको विरोध जनाएको छ ।

ताजा समाचार

दुई सचिवको जिम्मेवारी हेरफेर
 २०७९,माघ,२३,सोमवार २०:०८