नेपाल—भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, ६ पुस । नवलपरासी पश्चिमस्थित नेपाल—भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ नवलपरासीमा सीमा सुरक्षाको लागि नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका सुरक्षाकर्मीले बुधबार संयुक्त गस्ती गरेका हुन् संयुक्त गस्ती टोलीले सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट, गुठी परसौनी र सशस्त्र सीमा बल एसएसबी, झुलनीपुरले संयुक्त गस्ती गरेका थिए । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट, गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर बुढाथोकीको नेतृत्वमा रहेको गस्ती टोली र सशस्त्र सीमा बल एसएसबी, झुलनीपुरको सशस्त्र प्रहरी नायब उपरीक्षक एन चोंगलोइको नेतृत्वमा रहेको टोलीले सीमा क्षेत्रमा संयुक्त गस्ती गरेको थियो सो क्रममा नेपाल—भारत सीमा क्षेत्रमा देखिएको चोरी निकासी, सुरक्षा चुनौती, सुरक्षाको दृष्टिकोणले देखिएको समस्या संयुक्तरुपमा दुवै देशका सुरक्षाकर्मी मिलेर समाधान गर्न छलफलसमेत गरिएको थियो संयुक्त गस्ती टोलीमा सशस्त्र प्रहरीबाट १३ जना, सशस्त्र सीमा बल एसएसबीबाट १० जना र नेपाल प्रहरीबाट आठजना सुरक्षाकर्मीको संयुक्त सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?