समानुपातिकमा कसको कति मत ?

कपिलवस्तु, २८ मंसिर- समानुपातिक निर्वाचन प्रणालीअन्र्तगत प्रतिनिधिसभा सदस्यतर्फ जिल्लामा नेपाली कांग्रेस पहिलो दल बनेको छ प्रतिनिधिसभा क्षेत्र नं १, २ र ३ मा खसेका कुल मतमध्ये कांग्रेसले नेकपा (एमाले) भन्दा २९८ मत बढी प्राप्त गरेको छ । समानुपातिकतर्फ जिल्लामा दुई लाख ३० हजार ९२ मत खसेकामा २९ हजार ८९५ मत बदर भएको छ जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसले ६१ हजार २९२, एमालेले ६० हजार ९९४, राजपा नेपालले २१ हजार ९६७ र संघीय समाजवादी फोरम नेपालले १८ हजार ६६६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?