हो हामीलाई जनताले शंका गरेका छन् : प्रचण्ड

चितवन, २५ मंसिर- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीले पाएको जनमत शंकासहितको जनमत भएको बताउनुभएको छ चितवन क्षेत्र नं ३ बाट विजयी भएपछि आज नारायणगढको पोखरा बसपार्कमा आयोजित कोणसभामा उहाँले भन्नुभयो, “हामीले केही गरेनौँ भने जनताले हामीलाई मान्ने छैनन् ।”अध्यक्ष दाहालले एकढिक्का भएर देशको विकास र समृद्धिमा जुट्नु पर्ने बताउँदै “हामीमा जीतको उन्माद होइन, समृद्धिको दृढ ईच्छाशक्ति चाहिन्छ, हामी त्यो दिशामा प्रतिबद्ध भएर अगाडि बढ्नेछौँ” भन्नुभयो यो जनमत एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि पनि हो, उहाँले भन्नुभयो– “नेपाली जनताको चाहना र देशको आवश्यकता अनुसार पार्टी एकीकरण भैछाड्ने छ ।”अध्यक्ष दाहालले देश अब समृद्धिको दिशामा अगाडि बढेको बताउँदै अब राजनीतिक मुद्दामा समय बिताउनु नपर्ने धारणा व्यक्त गर्नुभयो यसअघि विजय ¥याली भरतपुरको वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, पुलचोक हुँदै पोखरा बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ¥यालीमा चितवन क्षेत्र नं १ बाट निर्वाचित नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, क्षेत्र नं २ बाट निर्वाचित नेकपा एमालेका कृष्णभक्त पोखरेल लगायत जिल्लाका छ वटै प्रदेशसभा सदस्यमा निर्वाचित उम्मेदवारको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?