किरण चेम्जोङलाई माल्दिभ्समा उत्कृष्ट गोलरक्षक अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय टिमका गोल किपर किरण चेम्जोङले माल्दिभ्स फुटबलको वर्षको उत्कृष्ट गोलकिपरको उपाधि जितेका छन् ।

आफ्नो व्यवसायिक फुटबल क्लब टिसी स्पोर्टसलाई माल्दिभ्सको धिवेही प्रिमियर लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका किरणले माल्दिभ्समा वर्षको उत्कृष्ट गोलरक्षक उपाधि जितेका हुन् । 

यो अवार्ड माल्दिभ्स फुटबल डट कम र माल्दिभ्स फुटबल संघले संयुक्त रुपमा आयोजना गर्दै आएका छन् । उनीसँगै न्यु रेडियन्टका मोह्मम फेजल र क्लब इगल्सका सुजन परेरा मनोनयमा परेका थिए ।

किरणको टोली ट्रस्ट एण्ड केयर (टीसी) स्पोर्टस् क्लबले यस सिजनको लिग उपाधि जित्दा लिगको सर्वोत्कृष्ट गोलरक्षक चुनिएका थिए । 

किरणको टोलीले लिग अवधिभर खेलेका १६ खेल मध्ये ११ खेलमा क्लिन सिट राखेका थिए । उनले जम्मा ५ खेलमा मात्र गोल खाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?